पवन भगिरथ
रतनपुर:बाराको निजगढ-११ रतनपुरमा जातिय छुवाछूत,सामाजिक कुरिती,अन्धविश्वास,लैङ्गकि विभेद र हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ। निजगढ नगरपालिकाको आर्थिक सहयोग र महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ११ नं.वडा कार्यालयको सभाहलमा निजगढ नगर उप प्रमुख सोममाया थिङ्गको प्रमुख आतिथ्यता र ११ नं वडा अध्यक्ष सहैइया गुरो थारुको बिशिस्ट आतिथ्यतामा बुधबार सम्पन्न कार्यक्रममा रतनपुर क्लस्टरका ४ वटै वडाबाट सामाजिक ब्यक्तित्व,अगुवा,पुजारी,जनप्रतिनिधि,जनजाती,दलित समुदाय लगायतको गरि ५० जना सहभागिता रहेको थियो।
महिला,बालबालिका तथा जेष्ठ नागरिक साखा प्रमुख रोजि श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा हेटौंडाका प्रशिक्षक कमला कुमार विश्वकर्माले सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो।कार्यक्रममा बोल्दै उप प्रमुखले आफ्नो बाल्यकालको जातिय छुवाछूतको तितो अनुभव ब्यक्त गर्दै यो जमानामा आएर पनि अझै समाजमा विध्यमान छुवाछूत,सामाजिक कुरिती,अन्धविश्वास लैङ्गकि विभेद नगर्न बिशेश अनुरोध गर्नुभयो।
हाम्रो गाउँ समाजमा विध्य्मान जातीय छुवाछूत,सामाजिक ,कुरिती,अन्धविश्वास ,लैङ्गकि विभेद,हिन्सा बिरुद्धको जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सकारात्मक सामाजिक रुपान्तरणका लागि उक्त जनचेतनामूलक कार्यक्रम सिङ्गौल,निजगढ र रतनपुर गरि ३ वटै क्लस्टरमा सम्पन्न भएको रोजि श्रेष्ठले बताउनुभयो ।y
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to namunakhabartv
Made with ❤️ By Gorkhaly Labs