पवन भगिरथ
बारा । जनताबाटै आएको सुझाव अनुसार वडाको विकासलाई अघि बढाउने उद्देश्य थालेको निजगढ नगरपालिका वडा नम्बर १३ वडामा योजना तर्जुमा सुझाव संकलन दुई दिने गोष्ठी आजबाट सञ्चालन गरिएको छ । वडावासीलाई आगामी योजनामा समावेश गराउनका लागि शुक्रबार निजगढ नगरपालिका–१३ नम्बर वडामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक योजना निर्माणका लागि सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको हो । शुक्रबार पहिलो दिन विभिन्न संघसंस्था तथा टोल बिकास,क्लबको प्रतिनिधिहरु संग छलफल गरेको छ भने दोस्रो दिन शनिबार विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिको प्रतिनिधिसंग अन्तरक्रिया गर्ने छन ।

gT


वडातहवाटैबाटै आएको मागअनुसार काम गर्दा वडाको विकासमा सबैको भावना समेटिने भएकाले राजनैतिक दलभन्दा माथी उठेर वडामा योजना संकलनको काम गरिएको निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले जानकारी दिनुभएको छ । वडाको बजेट निर्माणपूर्व केहि चरणमा छलफल गरी वडाका सबै टोलमा पुग्नेगरी काम अघि बढाइएको बताइएको छ ।

gT


आउँदो वर्षका लागि बन्ने बजेटमा वडाको राजश्व संकलनको क्षमताअनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने र बिशेश गरि श्रमदानलाई पनि संगसंगै लैजाने तयारीमा वडा कार्यालय रहेको छ । १३ नम्बर वडामा भएको सुझाव संकलनमा स्थानीयले शिक्षा, सडक ढल र बहुउद्देश्यीय भवनको कामलाई अघि बढाउ जरुरी रहेको बताएका थिए । सहभागीहरुले वडाको  मुख्य क्षेत्रमा रहेको वडाको भौतिक विकास राम्रो नभएको समेत बताए ।

सहभागीहरुले देशभरबाट आउने मानिसको नजरमा पर्ने वडाको पूर्वाधार विकास प्रकृतिमैत्री र व्यवस्थित हुन जरुरी रहेको बताए ।
सडकको ढलान कुनै ठाँउमा फुटिएको छ, बनेको सडकमा ढल, सडक छेउमा हुनुपर्ने सुन्दरता नभएको उनीहरुको भनाई थियो । स्वास्थ्यका हिसाबले पनि वडा निकै समस्यामा रहेको भन्दै वडा संग समन्वयमा स्वास्थ्य क्षेत्रमा व्यवस्थापन गर्न जरुरी रहेको बताए । त्यस्तै वडामा रहेको  खेलकुद विकास समितिका पदाधिकारीहरुले पनि खेलाडीहरु आफ्नो अनुशासनमा नबसी दिदा वडाले गरेको खेलकुदको लगानी सदुपयोग नभएको भन्दै क्लबका प्रतिनिधिहरुले चिन्ता व्यक्त समेत गरेका थिए । युवाहरुले वडाले गरेको लगानी र वडाका भावनालाई नबुझ्दा आफुहरु चिन्तित र निराशा भएको बताए । उनहरुले मोटो रकम खेलकुदमा लगानी भएपनि उत्पादनशील क्षेत्रमा खासै प्रगति नभएको बताए । अवको योजनामा युवाहरुले जागरूकता देखाए मात्र खेलाडी उत्पादनमा रकम खर्चन आग्रह गरे । त्यस्तै प्रशिक्षकको व्यवस्थापन गरेर खेलाडी उत्पादन गर्नसके वडाले गरेको लगानीले सार्थकता पाउने उनिहरुको भनाई थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय