-पवन भगिरथ
बारा,निजगढ-आज वाराको निजगढ नगरपालिका वडा नं. १२ थली स्थित पुर्ण अपाङ्गता भएकी ११ वर्सिया नाबालिका बलात्कारको सिकार वनेकि छिन।घरमा ती बालिका एक्लै भएको अवस्थामा बलात्कृत भएकी थियिन। बालिकाकी आमा केही समयपछी घरमा आउँदा बालिकालाई रगताम्य र अचेत अबस्थामा घरमै फेला पारिएको थियो। ।पीडित बालिका हिंड डुल गर्न र बोल्न नसक्ने अवस्थाका बालिका हुन। दिउँसो अन्दाजी अपरान्ह ३/४ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी बाख्रा चराउन आउने एक गोठालो बाट जबर्जस्ति करनी भएको हुन सक्ने घर परिवार र छिमेकीको सन्का रहेको छ।
घटनाको सुचना पाए लगतै अस्थाई प्रहरी पोस्ट रतनपुरको टोलि त्यस घटना स्थलमा साँझनै पुगेको हो। त्यस लगत्तै ईलाका प्रहरी कार्यालय निजगढ टोलि समेत घटनास्थलमा आई घटनाको अनुसन्धान र मुचुल्का बनाई पीडित बालिकालाई थप चेक जाँच उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा आज साँझनै लगिएको छ।सन्कास्पद बलात्कारीको तिब्र खोजी कार्य भैइरहेको र छिटोभन्दा छिटो अपराधीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा हदैसम्मको कार्बाही गरिने प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताउनुभएको छ।