बारा:बाराको निजगढमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एकजनाको ज्यान गएको भन्ने घटनासम्बन्धको प्रेस विज्ञप्ती बारा प्रहरीले सच्याएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेद्वारा ४:१५ मा जारी भएको पहिलो बिज्ञप्तीमा ग्याँस विष्फोटमा परि निजगढ-५ का रेशम मगरको मृत्यु भएको भनिएको थियो।
तर प्रहरीले २ घण्टा पछि पुन:उक्त घटनाको विषयमा सच्याएर प्रेस बिज्ञप्ती जारी गरेको हो।प्रहरीले सोमबार मध्यान्ह १२ बजे निजगढ-७ मा रेशम आफैंले संचालन गरेको रोहित वर्कशपमा शंकास्पद वस्तुको बिस्फोटमा परि रेशम मगरको ज्यान गएको प्रेस बिज्ञप्ती जारी गरेको छ।मृतक रेशम मगरको तस्विर उनको फेसबुक वालबाट।
घटनामा गम्भीर घाईते भएका रेशमको वीरगंजस्थित वयोधा मेडिसिटि अस्पतालमा उपचारको क्रममा साँढे १ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता,प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्।
विष्फोटमा परि अन्य ५ जना घाईते बनेका छन्।घाईते निजगढ-५ का ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक प्रसुती गृह निजगढमा उपचार भैरहेको छ।उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै घट्नामा घाईते वीरगंज महानगरपालिका-९का २० वर्षिय रितु रजत र भारतका २० वर्षिय अरबिन साहको सघन कक्षमा उपचार भैरहेको प्रहरीले जनाएको छ।त्यस्तै भारत घर भएका ३५ वर्षिय राकेश जयसवालको खुट्टाको अपरेशन भैरहेको छ भने वीरगंज-९का ३४ वर्षीय फिरोद देवानको सामान्य वार्डमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to namunakhabartv
Made with ❤️ By Gorkhaly Labs