पवन भगिरथ/बारा
बारा-रौतहटकी महिला अधिकारकर्मी पुजा पाठक तिमल्सिना भन्ने रेखा पाठकले ठगि धन्दा चलाएको खुलेको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाजले सार्वजनिक सूचना निकालेर पदबाट बरखास्त गरेपछि ठगिको घटना बाहिर आएको हो ।

उनले महिलाहरुलाई आजिवन सदस्य बनाउन उठाएको शुल्कको हिसाब किताब गोलमाल पारेकी छिन् ।

त्यसैगरि संस्थाको दुरुपयोग गरेर विधान विपरित विभिन्न व्यक्तिलाई चेक काटेर आर्थिक हिनामिना गरेको सार्वजनिक सूचनामा उल्लेख छ। एकै ब्यक्तिलाई २५ लाख सम्मको चेक काटिएको,कतिपय चेकहरु बन्स भएको र ब्यापारिसङ्गको मिलेमतोमा सस्थाको चरम दुरुपयोग गरि दोब्बर, तेब्बर चेक तयार गरि चरम आर्थिक हिनामिना भएको सस्थाकी केन्द्रिय अध्यक्ष काफ्लेले बताउनु भएको छ।

संस्थाले पटक–पटक छलफल गरेको र रकम फिर्ता गर्ने सहमति जनाएपनि सम्पर्कबिहिन भइ  रकम नबुझाएपछि केन्द्रिय कार्यसमितिको बैठकले पदबाट बरखास्त गरिएको भन्दै केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले सूचना निकालिएको जनाएकी छिन् ।

सार्वजनिक सूचनामा निजसँग कुनै संस्थागत आर्थिक कारोबार नगर्नु, नगराउनु हुन सम्बन्धि सबैको जानकारीको लागि सूचना गरिएको उल्लेख छ। पीडितहरुले उनी विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेका छन् ।

रकम हिनामिना गरेपछि संस्थाले छानविन थालेपछि पाठक अर्को संस्थामा आवद्ध भएर सक्रिय भएकी छिन् । स्वयम् सेवक नेपाल स्वयंसेवक संघको मधेश प्रदेश अध्यक्ष बनेकी छिन् ।

नोट : थप जानकारी लिनुपरेमा संस्थाको अध्यक्ष चन्द्रकला काफ्लेको सम्पर्क नम्बर :९८१७३५७६१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय