पवन भगिरथ।
बारा–निजगढको तामागढी–रतनपुर सडकखण्डको लाल पार्किङ नजिकै रुखको हाँगा भाँचिएर झर्दा मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब तीन बजे निजगढ नगरपालिका–१०,लालको घैयाखोरियाटोलदेखी रतनपुरतर्फ आउँदै गरेको प्र २–०२–०१७ प ९६३५ नं. को मोटरसाईकलमाथि एक्कासि रुखको हाँगा भाँचिन गई मोटरसाईकलमा बज्जारिन पुगेको थियो ।

मोटरसाईकलमा सवार सुमन बम्जनको श्रीमती अन्दाजी २२ वर्षिया अस्मिता मुक्तान बोम्जनको टाउकोमा गम्भीर चोट लागि घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

सोमबार मात्रै हेटौंडाबाट जन्मोत्सव मनाएर घर फर्केकी अस्मिता मंगलबार दिउँसो उक्त दुर्घटनामा परि कहिले नफर्कनेगरी अस्ताएकी छिन। घैयाखोरिया घरदेखि देवर सन्देश बोम्जनसङ्ग बाईकमा बहिनि बिनितालाई भक्तलाल पुर्याउन जाने क्रममा बाईकको विचमा बसेकी अस्मितालाई लाल पार्किङ नजिकै अचानक रुखको हाङ्गा खसेर अस्मिताको टाउकोमा एक्कासी बजारिदा उनको टाउकोमा गम्भीर चोट पुगेर रोडमा रक्ताम्य हुनुका साथै गिदिसमेत क्षेतविछेत भैइ उनको घटना स्थलमै ज्यान गएको हो। हेटौंडा माईती भएकी अस्मिता मुक्तानको निजगढ-१०,घैयाखोरियाका सुमन बोम्जनसङ्ग केहि वर्ष अगाडी बिबाह भएको थियो।

दिशा छुट्याउन बोर्ड राखिएको भुकोटको रुखको हाँगा भाँचिएर लाग्दा मोटरसाईकलका चालक १८ वर्षिय सन्देश बम्जन र मोटरसाईकलमा सवार निजगढ १३ की २२ वर्षिया बिनिता भुलोन घाईते भएका छन् । निजगढस्थित स्वास्थ्य संस्थामा उपचारपछि उनीहरु घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय