पवन भगिरथ
निजगढ:बाराको निजगढ नगरपालिका वडा नं.१०,लालको श्री नेपाल राष्ट्रिय आ.वि.सभाहल स्थित मेचिमहाकाली बुहारी संयुक्त आवाजको आयोजनामा ७ दिने महिला हिंसा न्यूनीकरण प्रशिक्षण तालीम कार्यक्रम कार्यपालिका सदस्य मान बहादुर डासेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।निजगढ नगरपालिकाको आर्थिक सहयोग तथा निजगढ नगर कार्यपालिका सदस्य लक्षित कोष अन्तरगत छुट्याईएको बजेटबाट निजगढ नगर कार्यपालिका सदस्य मान बहादुर डासेली,मिना चौँरेल,शर्मिला सुनार र अरुणा वि.क.को बिशेश बजेट नेतृत्वमा”महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान”भन्ने मुल नाराका साथ गत जेष्ठ ३१ गतेबाट सुरु भएको महिला तथा बालबालिकाको हिंसा विरुद्ध ७ दिने महिला हिंसा न्यूनीकरण प्रशिक्षण कार्यक्रम आज बुधबार भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।
उक्त ७ दिने प्रशिक्षण कार्यक्रममा ३० जना सहभागिहरुलाई प्रशिक्षक कल्पना खरेल र भाईकाजी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। उक्त महिला हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम निजगढ नगरपालिकाको सिङ्गौलबाट सुरु भएको कार्यक्रम निजगढ र रतनपुर गरि ३ वटै क्लसटरमा कार्यक्रम संचालन गर्दै आज निजगढ-१० लालमा पनि कार्यक्रम सम्पन्न भएको छ।
पछिल्लो समय यश सँस्थाले आवाजबिहिन महिलालहरुको वुलन्द आवाज बन्दै महिला हिंसाबाट पीडित अन्यायमा परेका महिला दिदिबहिनीहरुलाई न्याय दिलाउने,गरिव तथा जेहेन्दार विध्यार्थिहरुलाई स्टेशनारी सामाग्री तथा साईकल प्रदान गर्ने,अग्निपिडित,आर्थिक अभावले उपचार गर्न नसक्ने क्यान्सर पिडित,मृगौला पीडित ब्यक्तिहरुलाई समेत सहयोग गर्दै आएको छ।
आयोजक संस्थाका उपाध्यक्ष शान्ती लामा मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकाकि सह-कोषाध्यक्ष रुपा घलानले गर्नुभएको थियो भने उक्त समापन समारोह कार्यक्रमको सन्चालन संस्थाकी सचिव उषा लामा मोक्तानले गर्नुभएको थियो।
उक्त समापन समारोह कार्यक्रमका प्रनुख अतिथी कार्यपालिका सदस्य मान बहादुर डासेलि,बिशिस्ट अतिथि निजगढ नगर कार्यपालिका सदस्य मिना चौरेल,अतिथिहरुमा १० नं वडा सदस्य कुमार बहादुर मोक्तान,श्री ने.रा.आ.वि.का वि.ब्य.स.अध्यक्ष तथा समाजसेवी सिद्धार्थ लोप्चन,पुर्व कार्यपालिका सदस्य तथा सन्चारकर्मी पवन वि.क. लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा एक हप्तासम्म निरन्तर सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई अतिथि तथा आयोजक टिमका सदस्यहरुबाट पालैपालो प्रमाणपत्र वितरण गरिनुका साथै कार्यक्रम अवधिभर हल ब्यस्थापन तथा अन्य बिबिध सहयोगको उच्च मूल्याकंन गर्दै विध्यालयलाई आयोजकको तर्फबाट वि.ब्य.स.अध्यक्ष सिद्धार्थ लोप्चनलाई खादा सहित मायाको चिनो हस्तान्तरण गरिएको थियो। कार्यक्रमको अन्तिम दिन केहि सहभागीहरुले खुशी ब्यक्त गर्दै कार्यक्रममा सिकेको र मनमा लागेको अनुभव मन्तव्य मार्फत ब्यक्त गर्दै केही सहभागी प्रशिक्षार्थीहरुले आफु भित्र लुकेको कला र प्रतिभालाई कार्यक्रममा उपस्थित अतिथिहरुलाई गायन तथा नृत्य मार्फत सुन्दर प्रदर्शंन गरि भब्य मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा प्रशिक्षक भाईकाजी श्रेष्ठ ,कल्पना खरेल,कार्यपालिका सदस्य मान बहादुर डासेली,मिना चौँरेल,सिद्धार्थ लोप्चन,कुमार वहादुर मोक्तान र कार्यक्रमका सभाध्यक्ष शान्ती लामा मोक्तान लगायतले कार्यक्रमको प्रशन्सा एवं अत्यन्तै प्रभावकारी भएको भन्दै शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।