निजगढ,बारा : “रास्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ शुभ दिपावली तथा छठ पर्व-२०७९ को सुखद उपलक्ष्यमा संचालित किङ्ग युथ क्लब (के वाई सि ) निजगढ-१३,भक्तलालको आयोजना र निजगढ नगरपालिका-१३ नं वडा कार्यालय,स्थानीय युवा समाजसेवी प्रेम लामा वाईवा तथा फिटवेल गार्मेन्टको सहयोगमा भएको दोश्रो भक्तलाल खुल्ला स्तरिय नकाउट फुटबल प्रतियोगिता अन्तरगत निजगढ -१३,भक्तलाल खेल-मैदानमा आज भएको फ्याफुल्ला युवा क्लब रातो जर्सी निजगढ-१३,डम्बरपुर भर्सेज तपोभुमी युवा क्लब(टि वाई सि) निजगढ-१२,बुङ्गजोर बीच भएको अत्यन्तै प्रतिस्पर्धात्मक क्वाटर फाईनलको तेस्रो खेलको मध्यान्तर पछि फ्याफुल्लाका जर्सी न ७ का खेलाडी अभिशेख महत्तोले २ गोल प्रहार गरे लगतै टि वा सि का खेलाडि जर्सी न ९ का अमित चौधरीले १ गोल प्रहार गरि खाता खोल्न सफल भएका हुन। त्यस्तै आजको खेलमा ०२- ०१ गोल अन्तरले टि वाई सि लाई पराजित गर्दै फ्याफुल्ला युवा क्लब बिजयी भैइ आफ्नो सेमिफाईनलको यात्रा तय गरेको छ। उक्त खेलको म्यान अफ द म्याच हुन सफल टि वाई सि का जर्सी न ७ का खेलाडी बिक्रम थोकरलाई खुसल थिङ्गद्वारा म्यान अफ द म्याच हस्तान्तरण गरिएको थियो। उक्त खेलको मुख्य एन्फा रेफ्री सियाराम कुमर साथै सहायक रेफ्रीको भुमिकामा  दिनेश गुरो र रामकृष्ण गुरोले निभाएका थिए।

उक्त दोश्रो भक्तलाल खुल्ला स्तरिय नकाउट फुटबल प्रतियोगिता खेलमा २० वटा टिमले सहभागी जनाएका छन। कार्तिक ६ गते देखि संचालनमा भएको खेल यहि असोज २० गते समापन हुनेछ। उक्त फुटबल प्रतियोगिता खेलमा प्रथम बिजेताले नगद रु ३० हजार साथमा ट्रफि प्रमाणपत्र र  दोस्रो,उप-बिजेताले नगद रु २० हजार साथमा ट्रफि,प्रमाणपत्र  प्राप्त गर्नुका साथै सर्वाधिक गोलकर्ताले गोल्डेन बुट प्राप्त गर्ने क्लबका अध्यक्ष रमेश थिङ्ग र सचीव आईतमान पाख्रीन ले नमुना खबर टिभी डट कमलाई जानाकारी दिनुभयो।

त्यस्तै भोलि हुने क्वाटर फाईनलको अन्तिम खेल योङ्ग स्टार युनाइटेड “वि” निजगढ-१०,लाल भर्सेज बानेश्वर युवा क्लब निजगढ-१३ बिच दिउँसो ०३:०० बजे हुने आयोजकले जानाकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय